मधेशमा दुई प्रदेश सहित १० प्रदेशको संघीय संरचना आवश्यक : अध्यक्ष यादव

67

ताैलिहवा ।  जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको हक र अधिकारको लागि मधेशमा २ प्रदेशको आवश्यकता रहेको बताएका छन् ।
अहिले बिद्यमान ७ प्रदेशको संघीय संरचनामा मधेशी, जनजाति लगायतका बर्गहरुको अस्तित्व मेटिने भएकोले देशमा १० वटा सहित मधेशमा २ वटा प्रदेश हुनु पर्ने बताएका हुन् । उनले तराई मधेशमा नारायाणी पूर्व र पश्चिम गरि २ वटा प्रदेश आवश्यक रहेकोले सो प्राप्तीको लागि सबै लाग्नु पर्ने बताए ।
लुम्बिनी प्रदेशमा मधेशी, थारु समुदाय, मुस्लिम समुदाय कहिल्लै पनि सरकारमा पुग्न नसक्ने गरि अहिलेको संरचना निमार्ण भएको बताएका छन् । साथै पश्चिमा कैलाली, कञ्चनपुर पुर्वमा मोरङ्ग र सुनसरी जिल्लामा रहेको थारु, मधेशी जनजाति माथि अन्याय भएको बताएका छन् ।
उनले अहिलेको संसदमा मधेशी समुदायको प्रतिनिधित्व ईतिहासकै न्यून रहेको बताएका छन् । संबिधान सभामा मधेशी समुदायको ३४ प्रतिशत प्रतिनिधित्व रहेकोमा हाल १६ प्रतिशत मात्र रहेको बताए । अहिलेको निर्बाचनमा १६५ निर्बाचन क्षेत्र मध्ये १ जना पनि मुस्लिम सांसद प्रत्यक्ष निर्बाचित हुन नसक्नुले यो संरचनामा मधेशी र मुस्लिमको अवस्था के छ भन्ने प्रमाणित गरेको अध्यक्ष यादवले बताए ।
स्थानिय तह प्रदेश सरकारको मातहत हुनु पर्नेमा बर्तमान संबिधान र अहिलेको व्यवस्थामा प्रदेश सरकारलाई कमजोर बनाउन स्थानीय तहलाई केन्द्र सरकार मातहत राखेर संघीयता नै कमजोर बनाउने कार्य भएको अध्यक्ष यादवले बताएका छन् ।
तौलिहवामा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले बर्तमान प्रचण्ड सरकार ईतिहासकै निकम्मा र कमजोर सरकार भएको बताएका छन । उनले सरकार र सदनमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता बिरोधीहरुको मत धेरै छ यो व्यवस्था स्वीकार नर्गने प्राप्त उपलब्धीहरुको विरोध गर्नेहरुलाई प्रचण्डले बोकेको आरोप लगाए । अध्यक्ष यादवले अहिलेको सरकारको लामो भविश्य नरहेको बताउदै राष्ट्रपति निर्बाचनको आसपासमा सरकार ढल्ने संकेत गरेका छन् ।
साथै उनले मुलुक बिदेशी शक्तिहरुको खेलमैदान बन्दै गएकोले त्यसलाई रोक्न सम्पुर्ण राष्ट्रबादी शक्तिहरु एक हुनु पर्ने उनले बताएका छन । उनले भने, ‘अहिले मुलुकको आर्थिक अवस्था अत्यान्तै कमजोर भएको छ भने बिदेशी शक्तिहरुले बिभिन्न प्रयोगहरु गरि रहेका छन यस्का लागि सम्पुर्ण शक्ति एक भएर लाग्नु आजको आवश्यकता हो ।’

मुलुकको निर्बाचन प्रणाली अत्यान्तै भष्ट्र र खर्चिलो भएकोले पुर्ण समानुपातिक र प्रत्यक्ष राष्ट्रपति निर्बाचनको व्यवस्था हुनु पर्ने उनले बताए । साथै स्थानीय तह निर्बाचन निर्दलिय हुनु पर्ने समेत बताए ।

भेला तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जसपा आफ्नो उद्देश्यमा कही कतै बिचलित नभएको बताएका छन् । गठबन्धन दल र पार्टी भित्रको अन्तरघातले केही सिट गुमाउन परेता पनि संगठत झन मजवुत हुंदै गएको र अझ संशक्त रुपमा लाग्न पार्टी पंक्ति कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले अन्तरघात गर्ने तथा पार्टी बिरुद्ध गतिबिधी गर्नेलाई पार्टीमा कुनै स्थान नरहने बताए ।
केन्द्रिय सदस्य रामवरण यादवले पार्टीमा योगदानको आधारमा मुल्याकंन हुने सोही आधारमा निर्बाचनमा टिकट वितरण भएकोले संगठीत र अनुशासित रुपमा अगाडी बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । यस्तै अर्का केन्द्रीय सदस्य ओम प्रकाश यादव (गुलजरी) जसपाकै योगदाले आज मधेसी, जनजाती लगायतको हक अधिकारक संरक्षण तथा आरक्षण लगायतका व्यवस्था मिलेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका जसपा अध्यक्ष असोक कुमार यादव, प्रदेश उपाध्यक्ष डा. अब्दुल रासीद खाँ, पार्टी प्रवक्ता राबकत अकर्म पठान, युवा नेता अवधल भान यादव, प्रदेस सदस्य राम नेवास यादवले पार्टीको संगठन सुदृढीकरण तथा निर्बाचनमा अन्तरघात गर्नेहरुलाई कारवाही गर्न माग गरेका थिए ।
कार्यक्रम जसपमा जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षता र युवा नेता सन्दिप पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.