काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छन ।आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो । उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राइले सार्वजनिक यातायात बन्द आह्वान गरिएको जानकारी दिएका छन ।