काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकाे पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमति अनुसार तत्काल सरकारमा सहभागी नहुने बताएको छ । गृह मन्त्रकाेलय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘थप सहमति नभएकाले सरकारमा जाने बचन दिएका छैनौं । नयाँ सहमति भयो भने सरकारमा जाने हुनसक्छौं ।’चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । सोमबारको बैठकले उपचुनाव घोषणाको स्वागत गरेको छ र, चुनावमा जान तयार रहने निर्णय गरेको छ ।