इयोन मोर्गनले लिए सबै ‘फर्म’को क्रिकेटबाट संन्यास

57

इङ्ग्ल्याण्ड क्रिकेट टोलीका पूर्वकप्तान इयोन मोर्गनले सबै प्रकारको क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन्। ३६ वर्षे मोर्गनले गएको जुन महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।उनको कप्तानीमा सन् २०१९ मा इङ्ग्ल्याण्डले विश्वकप जितेको थियो भने एकदिवसीय र टी २० वरीयतामा शीर्षस्थानमा उक्लिएको थियो।

‘मलाई विश्वास छ कि यो खेलबाट टाढा रहने सही समय हो जसले मलाई वर्षौंमा धेरै दियो’ उनले भनेका छन्, ‘क्रिकेटलाई धन्यवाद। मैले विश्व भ्रमण गर्न र अविश्वसनीय मानिसहरूलाई भेट्न सक्षम भएको भएँ। जसमध्ये धेरैसँग मैले जीवनभर मित्रता कायम गरेको छु। विश्वभर फ्रेन्चाइजी टोलीका लागि खेल्दा मलाई धेरै यादहरू दिनुभएको छ। यसलाई म सधैंभरि राख्नेछु।’ पहिलो पोस्ट 

Leave A Reply

Your email address will not be published.