एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजा सहित परिवारका सदस्य सहभागी हुनुभएको हो । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्। काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्।

उक्त अभियान पूर्वराजा ज्ञानेन्द्र शाहले आज उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गरेनन्। कार्यक्रम उद्घाटन गरेर पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किएका छन्। उनी आज दमकबाटै यो कार्यक्रम उद्घाटन गर्न काँकडभित्ता पुगेका थिए।

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *