पूर्वराज्यमन्त्री तथा माओवादी नेतृ विमला वली द्वारा पार्टी परित्याग

65

 बुटवल । पाटीले आफुलाइ भुमिकाहिन बनाएकाे भन्दै पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेकी छिन्।  पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी वलीले अन्य पार्टीमा नजाने बताइन्। ‘पार्टीले युज एन्ड थ्रो मात्रै गर्‍यो,’ उनले भनिन्, ‘मलाई अहिले भूमिकाविहीन पनि बनाइएको छ, त्यसैले मैले पार्टीबाट राजीनामा दिएकी हुँ।’

उनका श्रीमान तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा विमलालाई पार्टीले टिकट दिएर विजयी भएकी थिइन्। तत्कालीन अवस्थामा एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाबाट उनी निर्वाचन लडेकी थिइन्। त्यसपछि यी दुई पार्टीमा विभाजन भएपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन्। उनले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा शंकर पोखरेलको सरकार ढलेर माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री भए। त्यतिवेला वलीलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो। सामाजिक सञ्जालमा उनको फोटो भाइरल बनेपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्।  नयाँपत्रीका

Leave A Reply

Your email address will not be published.