काठमाडौँ । सरकारले भोलि (फागुन १ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअनुसार भोलि देशैभरि विदा हुने छ । बैंक वित्तीय तथा बीमा कम्पनी र शेयरमार्केट सबै बन्द रहने छ ।