काठमाण्डाैँ । जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानलाई सबैभन्दा धेरै श्रमिक उपलब्ध गराउने विदेशी मुलुकमा नेपाल चाैथाैँ नम्बरमा परेकाे छ । १ लाख १८ हजार १९६ जना कामदार अर्थात कुल विदेशी कामदारकाे ६.५ प्रतिशत नेपालीहरूरहेका छन ।
त्यस्तै जापानलाई सबैभन्दा धेरै श्रमिक उपलब्ध गराउनेमा ४ लाख ६२ हजार ३८४ जना अर्थात २५.४ प्रतिशत श्रमिकसहित भियतनाम पहिलो नम्बरमा रहेको छ । दाेस्राेमा चीनका २१.२ प्रतिशत अर्थात् ३ लाख ८५ हजार ८४८ श्रमिक हरू जापानमा कार्यरत छन ।२ लाख ६ हजार ५० अर्थात् ११.३ प्रतिशत श्रमिकसहित फिलिपिन्स तेस्रो नम्बरमा रहेकाे छ । जापानमा १८ लाख २२ हजार ७२५ कुल विदेशी कामदारहरू कार्यरत रहेका छन ।