काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबारबाट काठमाडौंमा सुरु भएको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णायक भूमिका नेपालीको हातमा नभएको राष्ट्रियतामाथि आक्रमण भइरहेको बताए । लिङ्देनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरूले नै भन्ने गरेका बताए। अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने उनले बताए। उनले आफ्नो पार्टीले देशबारे कसैसँग सम्झौता नगर्ने पनि दाबी गरे।