माओवादी अर्को चुनावमा सबभन्दा शक्तिशाली हुने प्रचण्डमाे दावी

73

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रमशः एकता र रूपान्तरणमा गएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले सरकारको नेतृत्व आफूले पाएको भए पनि चुनौतिपूर्ण रहेको उल्लेख गरे।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चाको तयारी भएको पनि जानकारी दिए।

‘निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण छ। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ,’ प्रचण्डले भने। एकता सम्भव भएका पार्टीसँग एकता र बाँकी दलसँग मोर्चा बनाएर अघि बढ्नुपर्ने प्रचण्डको भनाइ थियो।

b 4
Leave A Reply

Your email address will not be published.