सन्धिखर्क । भालुको आक्रमणबाट अर्घाखाँची सितगंगा नगरपालिकामा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घाइते हुनेमा सितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना छन् । खेतमा बस्तुभाउ चराउँदै गर्दा गाहा र रानालाई शुक्रबार दिउँसो भालुले आक्रमण गरेको थियो । घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइँदै गरिएको छ । आक्रमण पछि स्थानीयले होहल्ला गर्दा भालु भागे पनि भालुकोएउटा बच्चालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ ।