रवि लामिछाने, कैलाश सिरोहिया र ऋषि धमलाको विकिपिडिया पेज लक !

64

काठमाडौँ । अत्यधिक एडिट (सम्पादन) हुन थालेपछि विकिपिडियाले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र पत्रकार ऋषि धमलाको पेज एडिट नहुने बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गर्दै विभिन्न मिडिया तथा त्यसका सञ्चालकमाथि आक्रोश पाेखेका थिए । उनले नाम लिएका मिडिया र त्यसका सञ्चालक, सम्पादकबारे सामाजिक सञ्जालमा अनेक थरीका टिप्पणी भइरहँदा ​एक झुन्ड विकिपिडियामा प्रवेश गर्‍यो ।

विकिपिडियामा सिरोहिया, लामिछाने, धमला लगायतका व्यक्तिको बायो एडिट हुन थाल्यो । विशेषगरी सिरोहियाको विकिपिडिया पेज सामाजिक सञ्जालमा भाइरल बन्न थाल्याे । सिराेहियाको बायोमा उनी भारतमा जन्मिएको र ‘भारतको रअ-एजेन्ट’ भएको भन्दै धेरैले विकिपिडिया पेजको स्क्रिनशट फेसबुक, ट्वीटर, टिकटकलगायतका प्लेटफर्ममा शेयर गर्न थाले । केहीले त्यस्ता विवरण सच्याउन थाले भने केहीले बिगारेर पुनः एडिट गर्न थाले ।

b 4
Leave A Reply

Your email address will not be published.