शेयरबजारमा आयाे उछाल

66

काठमाडौं – केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज एकाएक उछाल आएको छ । शेयरबजार खुलेको केही समयसम्म सामान्य अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ७६.६४ अंकले बढेर २१७७ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारमा एकाएक उच्च अंकको सुधार देखिएसँगै आज कारोबार रकम समेत बढ्न पुगेको छ ।

साथै नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक लगानी सूचक ६.२५ प्रतिशत र फाइनान्स सूचक ५.९४ प्रतिशतले बढ्न पुगेको छ ।

b 4
Leave A Reply

Your email address will not be published.