अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ। यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने काबोहाइड्रेटको मात्रा १८.१ ग्राम हुन्छ । यसका अतिरिक्त यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन्।
- अंगुर सेवनको फाइदा :
१. अंगुरको सेवनले कब्जियत र अपचको समस्या हटाउँछ ।
२. यसको सेवनले थकान मेटाई शरीर स्फुर्त बनाउँछ ।
३. मिर्गौलाको समस्या समाधान गर्न पनि अंगुरको सेवन उपयोगी हुन्छ ।
४. हड्डी स्वस्थ राख्न, मोतिबिन्दु हुन नदिन पनि अंगुर अति उपयोगी मानिन्छ ।
५. अंगुरमा हुने पानीको मात्राले फोक्सोमा आद्रता बढाउँछ ।
६. यसको सेवनले दमका रोगीलाई पनि फाइदा पुर्याउँछ ।
७. यसमा हुने तामा, फलामजस्ता सुक्ष्मपोषक तत्वले हड्डी मजबूत पार्दछ ।
८. अंगुरले रगतमा नाइट्रिक एसिडको मात्रा बढाउँछ, जसले गर्दा रगत जम्न पाउँदैंन ।
९. यसको सेवनले हृदयाघात हुने सम्भावना कम गराउँछ ।
१०. यसमा हुने एन्टीअक्सिडेन्टले खराब कोलेस्टेरोलबाट बचाउँछ ।
११. बिहान–बिहान अंगुरको जुस पिउनाले माइग्रेन हुन पाउँदैंन ।
१२. अंगुरले दाँत सड्नबाट समेत रोकथाम गर्छ ।
१३. यसको सेवनले स्तन क्यासर, अल्जाइमर हुन दिँदैंन ।
यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ।