आज देखी सुपरमाई हाइड्रोपावरकाे आईपीओ खुल्ला

77

काठमाडौं ।   सुपरमाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन तथा बिक्री गरेपश्चात्  आज बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेकाे छ । कम्पनीले चार लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने म्याद माघ २६ गतेसम्म रहेको छ। उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा फागुन ८ गतेसम्म म्याद लम्बिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Leave A Reply

Your email address will not be published.