काठमाडौं । अर्घाखाँचीमा आयाेजित पाचाैँ अर्घाखाँची महोत्सवमा जिल्लाका १० संगीतसम्बद्ध संस्थाले गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई बहिष्कार गरेका छन् । एक विज्ञप्ती जारी गर्दै गायिका मगरकाे प्रस्तुतिलेनेपाली मौलिक कला संस्कृतिको पक्षमा सुखद सन्देश दिन नसकेकोभन्दै कार्यक्रममा आफूहरु सहभागिता नहुने जनाएका छन ।
नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि उनीहरुले आग्रह गरेका छन् ।