आफूलाई स्वतः विजयी घोषणाको माग गर्दै आयोग जाँदै उमेश श्रेष्ठ

60

काठमाडौं ।  गत मंसिर ४ मा भएकाे चुनावमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएका  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवी लामिछाने लाइ सर्वोच्च अदालतले अयाेग्य भएकाे  गरेपछि स्वतः विजयी घोषणाको माग गर्दै कांग्रेस उमेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग जाने भएका छन् ।उनी अहिले केहीबेरपछि निर्वाचन आयोग पुगेर आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने माग गर्दैछन् ।“सर्वोच्चले उमेदवारको प्रक्रिया नै खारेज गरेपछि अब दोस्रो स्थानमा रहेको व्यक्ति स्वतः विजयी हुनुपर्ने हो कि होइन ?,” श्रेष्ठको प्रश्न छ, “निर्वाचन आयोगमा सातवटा उजुरी परेको बेलामा टुंगो लगाइदिएको भए रविजी उमेदवार नै बन्न पाउनुहुँदैनथ्यो । तर आयोगले त्यो गरेन । आयोगले समयमा निर्णय नगर्दा उहाँलाई र मलाई पनि अप्ठेरो पर्‍यो । म मेरो हक अधिकार खोज्न आयोग जान लागेको हुँ ।”

उनले आफू हिजो पनि र आज पनि रविको विरोधमा नरहेको तर अदालतले नै अयोग्य ठहर गरेपछि हक अधिकार सुनिश्चित गर्न माग गर्दै जान लागेको बताए ।सर्वोच्चको फैसला आउँदा आफू बझाङमा रहेको बताउँदै उनले भने, “आज निर्वाचन आयोगमा गएर निवेदन दिन्छु अनि पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्नेछु ।”

b 4
Leave A Reply

Your email address will not be published.