रविलाई गृह मन्त्रालय दिने प्रचण्डको संकेत

67

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई नै गृह मन्त्रालय दिने संकेत गरेका छन् । नेपाली कांग्रेस र आफ्नो पार्टीभित्रका केही नेताको दबाबका कारण लामिछानेलाई पुनः गृहमन्त्री बनाउन आनाकानी गर्दै आएका दाहाल केही लचक देखिएका हुन् ।

शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि उनले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद चाँडै समाधान हुने बताए । दाहालले भने, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या चाँडै समाधान हुन्छ ।’स्वतन्त्र पार्टीले आफ्नो पार्टीको भागमा परेको गृह मन्त्रालय आफूहरुलाई नै चाहिने अडान राख्दै नदिए सरकार छोड्ने चेतावनी दिँदै आएको छ । तर कांग्रेस र माओवादी केन्द्रका केही नेताले भने लामिछानेलाई पुनः गृहमन्त्री बनाउन नहुने भन्दै दबाब दिँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.