फोन पे ले ल्यायाे अफलाइन रकम भुक्तानी फिचर

61
काठमाडौं । फाेन पे ले इन्टरनेट नहुँदा पनी रकम भुक्तानि गर्न सकिने सुविधा ल्याएकाे छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले शुक्रबार सम्पन्न एक कार्यक्रमबीच नयाँ ‘प्रडक्ट’को उद्घाटन तथा फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै “क्यूआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पेको अफलाइन फिचर कोशेढुङ्गा सावित हुनेमा विश्वास  रहेकाे जनाएका छन । फोन पेले अनलाइनबाट गिफ्ट दिन मिल्ने नयाँ सुविधा ल्याएको छ । फोन पेले सार्वजनिक गरेका नवीनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ । फोन पेले विगत तीन वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पेमा अहिलेसम्म रु एक करोड ६० लाख प्रयोगकर्ता जोडिएका छन् भने ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

 

b 4
Leave A Reply

Your email address will not be published.