एक नेपालीले जिते दुबईमा ८२ करोडको चिठ्ठा

67

काठमाडौं । यूएईमा एक नेपालीले ८२ करोड ७० लाख रुपैयाँभन्दा बढीको चिठ्ठा हात पारेका छन् । सात वर्षदेखि  कतारको दोहामा  मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रञ्जितकुमार पालले उक्त रकम बराबरको चिठ्ठा हात पारेका हुन् । उनल अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा झण्डै ८३ करोड रुपैयाँको चिठ्ठा जितेको खलिज टाइम्सले जनाएको छ । उनले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गरेको जनाइएको छ । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत् रकम जित्न सफल भएको समाचारहरुमा उल्लेख छ । उनले जितेको उक्त चिठ्ठा वापतको रकम सबै नेपाल पठाउने तयारी गरेका छन् ।

b 4
Leave A Reply

Your email address will not be published.