कालीगण्डकी नदीबाट लगिएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण

75

लुम्बिनी ।  भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राख्नका लागि रामको मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीबाट लगिएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरिएको छ ।

बिहीबार राम जन्मभूमि अयोध्यामा एक समारोहबीच जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । शिला हस्तानान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र नीधि, लुम्बिनी साँस्कृतिक नगरपालिकाका पूर्ब प्रमुख मनमोहन चैधरी सहित नेपालबाट गएका सयौं मानिसहरूको सहभागिता थियो ।

राममूर्ति निर्माण हुने शिला उत्खनन देखि त्यसलाई अयोध्या पुर्या्उनेसम्मका काम सबै नेपालीले नै गरेका हुन् । राम जन्मभूमि तीर्थ क्षेत्र कार्यालयले कात्तिक १९ मा जनकपुरको जानकी मन्दिरलाई पत्राचार गरेर कालीगण्डकीको शिला मागेको थियो । सोही क्रममा पुस ३ गते नेपाल सरकार मन्त्रिपरिषद्ले जानकी मन्दिर मार्फत सो शिला पठाउने निर्णय गरेको थियो । केन्द्र सरकारको निर्णयमा गण्डकी प्रदेश सरकार हुँदै बेनी नगरपालिकासम्मले सहमति जनाएपछि शिला अयोध्या पुर्याएर हस्तान्तरण गरिएको हो ।

७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका दुईवटा शिला म्याग्दीबाट ट्रकमा लगिएको थियो । धार्मिक पीठ हरिहर सेवा सदनका सञ्चालक सञ्जय शास्त्रीले हिन्दु धर्ममा साक्षात नारायणको रूप मानिने शालिग्राम पत्थर नेपालबाट प्राप्त हुनुले एक खालको सकारात्मक ऊर्जा प्रवाह भएको बताए ।

‘नेपालदेखि भारतसम्मका नागरिकलाई गण्डकीबाट आएको शालिग्राम शिलाले एक सूत्रमा बाँध्ने काम गरेको छ,’ उनले भने । भगवान राम र माता सीताले दुई देशलाई जोडे जस्तै शालिग्रामको आगमनले सम्बन्धलाई थप बलियो बनाउने उनले बताए । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका मुख्य आचार्य दुर्गाप्रसाद गौतमले नेपालबाट रामको मूर्ति निर्माणका लागि शिलाको आगमनले दुई देशबीचको नागरिक तहको सम्बन्धलाई थप कसिलो बनाएको बताए ।

कार्यक्रमपछि संचारकर्मीहरू सित छोटो प्रतिकृया दिदै नेपाल सरकारका पूर्ब उपप्रधान तथा गृहमंत्री बिमलेन्द्र निधी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका पूर्ब प्रमुख मनमोहन चैधरी, हिन्दुवादी नेता भवेस चैधरी लगायतले नेपालको शिलाबाट भगवान रामको मूर्ति निर्माण हुनुले अयोध्या र नेपालको सम्बन्ध पुर्नजागृत भएको बताए । लामो समयको विवादपछि अयोध्यामा राममन्दिर निर्माण गर्न थालिएको हो ।

अयोध्याको जमिन राममन्दिरको कि बाबरी मस्जिदको भन्नेमा हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्कर्षमा पुगेको थियो । भारतको सर्वोच्च न्यायालयले २०१९ नोभेम्बर ९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएको थियो । विवादित जमिन मन्दिर निर्माणका लागि दिने र मस्जिदका लागि अन्यत्र जग्गा उपलब्ध गराउने फैसला अदालतले गरेपछि निर्माण कार्य भइरहेको हो।

Leave A Reply

Your email address will not be published.