कपिलवस्तुमा भेट्रान क्रिकेट प्रतियोगिता शनिबार देखि हुने

64

तौलिहवा । क्रिकेटको विकास र पर्यटन प्रवद्धनको लागि ‘भेट्रान क्रिकेट प्रतियोगिता–२०७९’ शनिबार देखी हुने भएको छ ।
यहि माघ २१ गते देखी जिल्ला सदरमुकाम तौलिहवा स्थित बुद्धपद्म माविको खेल मैदानमा टि-ट्वान्टी भेट्रान क्रिकेट प्रतियोगिता संचालन हुने बिईङ्ग फ्रेन्डस क्लव तौलिहवाका अध्यक्ष मोहम्मद मुस्तफाले जानकारी दिएका छन् ।
खेलको माध्यमबाट पर्यटनको प्रबद्र्धन र क्रिकेटको विकासको लक्ष्य लिईएको प्रतियोगितामा ३५ बर्ष भन्दा माथिका खेलाडीलाई सहभागि गराईने क्लवका अध्यक्ष मुस्तफाले बताएका छन् ।
प्रतियोगितामा टिम स्टार एघार, बजार एघार ए, बजार एघार बी, माहुरी होम एघार, तिलौराकोट साझेदारी बन एघार, सगरमाथा एघार, वडा प्रहरी एघार, प्रेस एघार गरि ८ वटा टिम सहभागि हुने क्लवका सदस्य बिजय थापाले बताए । आफ्नो किशोरावस्था देखी खेलको माध्यमबाट जिल्लाको प्रतिनिधित्व गरेका खेलाडीहरु खेल क्षेत्रबाट बाहिर रहेकोले उनिहरुलाई पुनः खेल संग जोड्नका लागि भेट्रान कपको आयोजना गरिएको उनले बताए ।
प्रतियोगिताले नयाँ खेलाडीहरु उत्पादनमा मद्दत पुर्याउने आयोजकले बताएका छन् । उक्त प्रतियोगिता नक आउटका आधारमा खेलिनेछ ।
खेलमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडीहरु, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरे लगायतका जनप्रतिनिधीहरू समेत खेलाडीको रूपमा सहभागि हुनेछन् ।

b 4
Leave A Reply

Your email address will not be published.