कपिलवस्तु । भारतको वाराणसीमा बसेको नेपाल भारत मैत्री संगठन, पर्यटन बिभागको विस्तारिक बैठकबाट कपिलवस्तुका राजेश ज्ञवालीलाइ पर्यटन बिभागको नेपाल संयोजकमा मनोनित भएका छन । संगठनको २४ र २५ डिसेम्बर २०२२ मा बसेको विस्तारित बैठकको निर्णयअनुसार कपिलवस्तुका नेता ज्ञवालीलाई संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनूप कुमारले विभागको इन्चार्जमा नियुक्त गरेका हुन् । सामाजिक सेवामा क्रियाशील रहेका ज्ञवालीले पर्यटन विभागकाे जिम्मेवारी पाए सगैँ नेपालका पर्यटकिय क्षेत्रकाे प्रचार प्रसार एवम प्रर्वधन गरि विदेशी पर्यटक भित्रयाउन अहम भुमिका खेल्ने बताएका छन । लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य समेत रहेका ज्ञवाली विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील रहेका थिए ।