लुम्बिनीको पहिलो बर्ड सेन्चुरी ‘जगदिशपुर ताल’ संकटमा

74

भुपाल थापा,  कपिलबस्तु । बिश्व रामसार सूचीमा सूचीकृत नेपालका दशवटा क्षेत्र मध्ये कपिलबस्तुको जगदिशपुर तालको अस्तित्व संकटमा पर्न थालेको छ । संरक्षण, सम्र्बद्धन र पुर्नःभरणमा सरोकारवालाले चाँसो नदिंदा सिमसार क्षेत्रको अस्तित्व नै धरापमा पर्न थालेको हो । नेपालकै दोस्रो बर्ड सेन्चुरीका रुपमा घोषणा गरिएको ताल क्षेत्रको सतहको पानी सुक्दै जाँदा पानीमा बस्ने चरा लोप हुने अवस्थामा पुगेका छन् ।

जलाशयसंगै नेपालकै बढि पुरातात्विक महत्वका क्षेत्रहरुको संगम जिल्लाका रुपमा परिचित कपिलबस्तुको प्रचारप्रसार र संरक्षणमा सरकारी तथा निजी क्षेत्र उदासिन देखिँदा ओझेलमा परेको छ । जगदिशपुर सिमसार क्षेत्र मासिदै जानु, ताल पुरिनु, मानवीय आतिक्रमणका चपेटामा ताल पर्नुले हिउँद महिनामा यो तालमा हजाराैंको संख्यामा देखिने चरा अहिले घट्दोदरमा सिमित हुँदै गएको छ । सिमसार जैविक विविधतामा ज्यादै धनी हुने भएका कारण विश्वव्यापी रूपमा मानिस र पृथ्वीका लागि यसको ठूलो महत्व रहेको छ ।

यही महत्वलाई बुझेर जनचेतना फैलाउन तथा प्रकृतिप्रति जिम्मेवार बनाउन प्रत्येक वर्ष फेवु्रअरी २ का दिन सिमसार दिवस मनाउन थालिएको हो । ‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइएको छ । बिगतका बर्षहरुमा जस्तो उत्साह यसबर्ष नदेखिएकोे जगदिशपुर ताल बहुसरोकार मंचका सदस्य अब्दुल रसिद खाँले बताए । तालको संरक्षणका लागि सरकारले खासै चाँसो नदेखाएको प्रति खाँको असन्तुष्टि रहेको छ ।

मुलुकमै सबैभन्दा बढी पानी चरालाई आश्रय प्रदान गर्दै आएको जगदीशपुर तालमा पानी चरा घट्दै गएका छन्  । यहाँ तीन वर्षदेखि पानी चरा निरन्तर घट्दै गएका हुन्  । सन् २०२२ को तुलनामा २०२३ मा ४ प्रतिशत चरा घटेका छन्  । २०२३ मा ९ हजार ४ सय ८७ चरा गणना गरिएको छ भने २०२२ मा ९ हजार ८ सय ३७ चरा गणना गरिएको थियो ।

सिमसार क्षेत्र सुक्दै जानु तथा मानवीय अतिक्रमणका कारण नेपालसहित बिश्वस्तरमै सिमसार संकटमा परेको डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख बिजयराज सुवेदीको तर्क छ । ताल क्षेत्र आसपास मानवीय अतिक्रमण बढेर चरा आगमन घट्दै गएको चराविद्हरुको भनाइ छ  । राम्रो चरा पर्यटनको गन्तव्य बोकेको ठाउँमा चराको संख्या घट्नुले कपिलबस्तु सहित मुलुककै पर्यापर्यटनमा समस्या देखिने उनीहरुको तर्क छ ।

१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको ताल कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० मा पर्छ, यस ताललाई सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको हो । सन् २००३ मा सिँचाइका साथै जैविक विविधताले गर्दा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको यो ताल अन्तराष्टिय महत्व बोकेको ताल हो । विविध जीव तथा वनस्पतिले गर्दा यो ताल जैविक विविधतायुक्त तालको रुपमा चिनिएको छ ।

b 4

जगदिशपुर तालको संरक्षण र संवर्धनका लागि जगदिशपुर जलाशय बहुसरोकार मञ्च सक्रिय भएपछि तालमा सरसफाइ, डुङ्गा तथा भ्यू टावरको उचित व्यवस्थापन गरेको भने पाइन्छ । तर पछिल्लो समय ताल वरिपरि पर्यटन गतिविधिका कारण चराको आगमनमा कमी आएको जानकार बताउँछन् ।

जगदिशपुर जलाशयमा मात्र नभएर नेपालमा बसाइँ सरी आउने चराहरुको ब्यबस्थापन तथा संरक्षणमा चुनौती थपिएको छ । खासगरी बासस्थान संकुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नाश, अवैध चरा शिकार तथा व्यापार, बदलिदो तापमान र मौसम परिवर्तन जस्ता कारणहरुले संकटमा फस्दै गइरहेका छन् ।

शहरीकरण, औद्योगिकरण, आणविक प्रयोग, अम्लिय वर्षा र जलवायु परिवर्तन जस्ता समग्र पर्यावरणीय चुनौतिहरुले पनि यी प्रजातिहरुको विचरण र जीबन प्रक्रियालाई असर पारिरहेको छ । हिउँदेयामका आगन्तुक चराहरुको मुख्य आश्रयस्थल सिमसार भएकाले विग्रँदो र खिइँदो सिमसारको स्वरुप, मिचाहा झारको प्रकोप र चोरी शिकारले यि पाहुना चराहरु प्रभावित भइरहेका छन् ।

यस ताललाई गतबर्ष लुम्बिनी प्रदेश सरकारले प्रमुख पर्यटकीय गन्तब्यका रुपमा घोषित गरेको थियो, त्यस लगत्तै बर्ड सेन्चुरीको रुपमा घोषणा गर्यो । घोषणा गर्नमा मात्रै सिमित सरकारले त्यसपछिका कार्यहरुमा भने उदासिनता देखाएको प्रष्ट रहन्छ ।

मुख्यतः जगदिशपुर तालको संरक्षण, सम्र्बद्धन र बिकासका लागी मुल कारक अपनत्वबोधको कमि रहेको स्पष्ट छ । बनले सिमसारलाई प्राथमिकतामा राखेको छ, सिचाईले कृषि क्षेत्रमा पानीको उपलब्धतालाई प्राथमिकतामा राखेको छ । बहुसरोकार मन्चले भने् जिविकोपार्जनलाई प्राथमिकीकरण गर्दा सरकारले उपयुक्त रणनीतिको आधार तय गर्न नसकेको भने सतप्रतिशत सत्य मान्न सकिन्छ ।

b 4
Leave A Reply

Your email address will not be published.