कपिलवस्तु नगरपालिकाले फुटपात पसल तथा अव्यवस्थित पार्किङ्ग हटाउने, ७ दिने अल्टिमेटम

92

ताैलिहवा । कपिलवस्तु नगरपालिकाको मुख्य सडक तथा भित्री सडकहरूमा रहेका ठेला तथा फुटपाथमा राखिएका पसल, सडक मिचेर राखिएका निमार्ण सामाग्री, अव्यवस्थित रुपमा भईरहेको पार्कीङ्गलाई हटाउने निणर्य गरेको छ ।नगरपालिकाले सडक अतिक्रमण तथा सवारी व्यवस्थापन सम्बन्धि आज यातायात व्यवसायी संस्था, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतका सरोकारवालसंग छलफल गरि उक्त निणर्य गरेकाे हो ।


नगरपालिकाले सडकलाई व्यवस्थित र फराकिलो पार्नको लागि अव्यवस्थित पार्किङ्ग, फुटपात अतिक्रमण तथा अव्यवस्थित रुपमा संचालन भईरहेको ठेला पसल र सडक क्षेत्र भित्र रहेको निमार्ण सामाग्रीहरु हटाइ सडक व्यवस्थित पार्ने निणर्य भएको हुंदा  ७ दिन भित्रमा हटाउन अल्टिमेटम दिएको छ । एक सूचना जारी गर्दै नगरले सात दिन भित्र सडक तथा फुटपात क्षेत्र खाली गर्न, अव्यवस्थित पार्किङ्ग हटाउन अनुरोध गरेको छ । सात दिन भित्रमा सडक क्षेत्र खालि नभए कानुन बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

सडक क्षेत्र र फुटपात अतिक्रमण गरेर संचालन भएका पसल, एकै स्थानमा सडक क्षेत्र र फुटपातमा संचालनमा ठेला पसलहरूले सडक दुर्घटना बढ्नुका साथै पैदल यात्रुहरुलाई असहज भएकोले नगरपालिकाको अग्रसरतामा सडक व्यवस्थित र फराकिलो गर्ने अभियान संचालन गरिएको नगर प्रमुख सुदिप पौडेलले जानकारी दिएका छन् ।
यात्रुबहाक सवारी साधन बसहरू बसपार्कबाट छुटेर घन्टाै सम्म बस बिसाैनीहरूमा राेकी राख्ने  भएकोले निश्चित समयमा बस पार्कबाट छुटेर, निश्चित समय सम्ममात्र बस बिसाउनेमा राेक्नु पर्ने प्रमुख पाैडेलले बताए । साे का लागि यातायात व्यवसायी र संघ संस्थाहरू संग छलफल समेत गरिएको पाैडेलले जानकारी दिएका छन् ।
उनले भने, नगरबासीहरुलाई सात दिन भित्र सडक अतिक्रमण खालि गर्न अनुरोध गरेका छौ, कपिलवस्तु नगर क्षेत्रलाई सुन्दर, सफा, व्यवस्थित र अनुशासित नगरको रुपमा विकास गर्नका लागि सडक क्षेत्रलाई व्यवस्थित गराउन यो निर्णय गरिएको हो ।

 

 

Leave A Reply

Your email address will not be published.