सन्धिखर्क । अर्घाखाँची जिल्लामा लागू औषध मुद्दामा दोषी ठहर भएका युवक फरार अभियुक्त ५ बर्षपछि पक्राउ परेका छन् । २०७४ चैत ६ गते जिल्ला अदालत अर्घाखाँचीले लागू औषध मुद्दामा दोषी ठहर भइ फरार भएका सन्धिखर्क नगरपालिका २ का २९ बर्षिय मनोज केसी लाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मंगलबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिसिलाइ सन्धिखर्क स्थित एक होटलमा रहेको पक्राउ गरिएको हो ।दाेषीलाइ पक्राउ गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।