सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश, सर्वोच्चमा भाेलि सुनुवाइ
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश भएका छन् । बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई कप्तानसहित टिमबाट पनि निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशपछि रिहा भएका सन्दीपको निलम्बन पोखरामा बसेको क्यानको बोर्ड बैठकले गरेको थियो ।सोही निर्णय अनुसार उनी नेपाली टिममा फर्किएको क्यानले जनाको छ ।नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।
क्रिकेटर सन्दिप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ।उच्च अदालत पाटनले धरौटीमा रिहा हुन गरेको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालय सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त रिटको शुक्रबार सुुनुवाइ हुने भएको हो। नाबालिग भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लामिछानेमाथि छ। उक्त आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षमै राखेर मुद्दाको फैसला हुनुपर्ने आदेश गरेको थियो।