बन्द भएकाे रसुवागढी नाका पुन सुचारू

61

काठमाण्डाैँ ।   चिनियाँ नयाँ वर्षका कारण बन्द गरिएको रसुवागढी नाका बुधबारदेखि खुला गरिएको छ । ल्होसार पर्व अर्थात् चिनियाँ वर्षका कारण माघ ६ गतेदेखि रसुवागढी नाकाबाट सामान आयात तथा निर्यात रोकिएको थियो । चिनियाँ नयाँ वर्षका कारण रोकिएको सामान बुधबार बिहानदेखि आउन थालेको भन्सार कार्यालयले जनाएको छ । बुधबार बिहान ७ वटा र साँझ ७ वटा गरी १४ वटा चिनियाँ कन्टेनर सामान आयात गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

ल्होसार पर्व अर्थात् चिनियाँ नयाँ वर्षका कारण १२ दिनदेखि आयात रोकिएको थियो । शुक्रबार बिहान तयारी कपडा, रबर, प्लाष्टिकका जुत्ता चप्पल विद्युतीय जिप, जलविद्युत् आयोजनाका सामग्री लगायत वस्तु नाकाबाट आयात गरिएको हो ।अहिले नाकाबाट दैनिक रुपमा १४ कन्टेनर मात्र सामान आयात भइरहेको छ । यस्तै नेपाली सामान पनि चीनतर्फ निर्यात हुन थालेको एक महिना पूरा भइसकेको छ । तीन वर्षपछि गत पुस १२ गतेदेखि मात्रै चीनतर्फ सामान निर्यात हुन थालेको थियो ।निर्यात खुलेपछि अहिलेसम्म नेपालबाट ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भइसकेको बताइएको छ । रसुवागढी नाकाबाट अहिलेसम्म करिब ७ करोड मूल्य बराबरको ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भएको रसुवा भन्सारले बताएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.