कपिलवस्तु महोत्सवमा सिनर्जी सहकारी बजार, जहाँ सिस्नु,कोदो देखी फापर सम्म

70

हरि घिमिरे, १९ माघ । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडेले सहकारी बजार सञ्चालन गरेको छ ।बाणगंगा वडा न. ८ बोर्डगाउँमा सञ्चालनमा रहेको सहाकारीले टिपिकल प्रकारका गुणस्तरीय खाद्यान्न सहितको बजार सञ्चालन गरेको हो । जहाँ सिस्नुको साग,कोदो देखी फापर सम्म सम्पुर्ण पहाडमा उत्पादन भएका सामग्री उपलब्ध रहेका छन् ।
सहकारी बजारले बिशेषत भान्सामा प्रयोग हुने वस्तुहरु स्थानीयलाई उचित मुल्यमा उपलब्ध गराउने उद्देश्यका साथ महोत्सवमा उक्तसहकारी बजार सञ्चालन गरिएको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनुभयो । सहकारी बजारमा स्वदेशकै हिमाली र पहाडी क्षेत्रमा उत्पादन भएका गेडागुडी, दाल, कालानमक चामल, अनदि चामल, बेसार, तोरीको तेल, मह, गुन्द्रुक लगायत अर्गानिक सामग्री उपलब्ध रहेको सहकारीका व्यवस्थापक दिनामणि खनालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.