शिवराज खेलकुद महोत्सव सुरु

75

चन्द्राैटा। कपिलवस्तुको शिवराज नगरपालिकामा शिवराज खेलकुद महोत्सव सुरु भएको छ । माघ १८ गते देखि २९ गते सम्म चल्ने खेल महोत्सवमा राष्ट्रपति रनिङ सिल्ड , मेयर कप र उपमेयर कप प्रतियोगीतामा विभिन्न विदाका खेलहरु समावेश गरि आजबाट खेलको उदघाटन समारोह सुरु भएको शाखा प्रमुख पुर्ण विश्वकर्माले जानकारी दिए ।
प्रतियोगीतामा करिव १६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले बताएका छन् । राष्ट्रपति रनिङ सिल्ड तर्फ दौड , हाईजम्प , लङजम्प , मेयर कप तर्फ पुरुष फुटवल , भलिवल , क्रिकेट र व्याडमीन तथा उपमेयरकप तर्फ महिला फुटवल , भलिवल , क्रिकेट र करांते प्रतियोगीता समाविेश गरिएको अध्यक्ष चौधरीको भनाई रहेको छ ।
शिवराज नगरपालिकाले यस वर्षवाट उत्कृष्ट खेलाडीको पहिचान गरी क्षेत्रीय तथा राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागीता सुनिश्चत गर्ने नगरप्रमुख अजय थापाले विश्वास व्यक्त गरे । नगर प्रमुख थापाले शिवराज नगरपालिका खेलाडीको अभिभावक बन्ने बताए । प्रतियोगीता अन्तरगर्त मेयर कप तर्फ ८ लाख , उपमेयर तर्फ ७ लाख , राष्ट्रपति रनिङ सिल्ड तर्फ ५ लाख र शसर्त अनुदानवाट प्राप्त भएको १ लाख गरी करिव २१ लाखको लगानीमा भैइरहेको प्रतियोगीतामा मेयर कपको बिजेताले नगद ३० हजार मेडल शिल्ड र प्रमाणपत्र पाउने छ ।

b 4
Leave A Reply

Your email address will not be published.