मायादेबी गाउपालिका वडा नम्बर ४ को प्रशासनिक भवन उदघाटन

84

कपिलवस्तु । कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर ४ को प्रशानिक भवनको आज उदघाटन गरिएको छ । पुवं सांसद तथा नेपाली कांग्रेस नेता अतहर कमालले उदघाटन एक कार्यक्रम बिच कार्यालयको उदघाटन गरेका हुन ।  भवनको उदघाटन गर्दै  कमालले स्थानिय सरकारले बर्तमान अवस्थामा जनताको चाहना अनुसार छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्नु पर्ने बताए । नयाँ भवन निर्माणले वडाबासीलाई अब सेवा सुबिधा दिन समेत सहज हुने बताए ।
सो अवसरमा लुम्बिनी प्रदेशका पुर्व मन्त्री सहसराम यादवले भारतसंग सिमा जोडिएको सो वडाको आफनै भवन निर्माण हुनु खुशीको कुरा भएको बताए । उनले राम्रो भवन भए जस्तै जनतालाई समेत सेवा समेत राम्रो दिनु पर्ने बताए ।
सो अवसरमा गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले आफनो पालिकाको सबै ८ वटा वडामा ५ बर्ष भित्र आफनै भवन निर्माण हुने बताए । उनले पालिकाको पकडी स्थित भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आउने चैतमा पालिका आफनै प्रशानिक भवनमा सर्ने बताए । पुर्व प्रदेश सदस्य फौजिया नसिम, वडाध्यक्ष शलेन्द्र कुमार यादव, निमित्त प्रमुख प्रशाकीय अधिकृत परमेश्वर यादव, लेखा अधिकृत प्रकाश गौतम, दुर्गावती यादव लगातयले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम वडाध्यक्ष असफाक अहमद मुसलमानको अध्यक्षतामा भएको थियो । भवन  ३ चरणमा गरी ७० लाख बढी लागतमा भवनको निर्माण गरिएको हो ।

b 4
Leave A Reply

Your email address will not be published.