तैलिहवा । कपिलवस्तु जिल्लाकाे विजयनगरमा गाई मारेको आरोपमा हतियार सहित तीन जना पक्राउ परेका छन् । विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा स्थानीय रमेश नेपाली, आशबहादुर रोका, देवबहादुर घर्ती मगरलाई इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ गरेकाे छ । स्थानियले दिएकाे सुचनाकाे आधारमा प्रहरीले गाई मार्न प्रयोग गरिएको बन्चरो, हँसिया, खुकुरी र चक्कु सहित पक्राउ गरेको हाे ।