राष्ट्रपति भण्डारी आज बुटवल आउँदै

86

बुटवल ।   रुपन्देही उद्योग संघकाे आयाेजनामा बुटवलमा बिहीबारदेखि शुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न भण्डारी बुटवल आउनराष्ट्रपति विद्यादेवी भण्डारी  बिहीबार बुटवल आउँदैछिन् ।  बुटवलको रामनगरस्थित प्रदर्शनी मण्डपमा हुने प्रदर्शनीको उद्घाटन गर्न दिउँसो १ बजे राष्ट्रपति भण्डारी बुटवल आउने आयोजकले बताएका छन् । आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलका अनुसार औद्योगिक प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको छ ।

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थल तयार भएपछि बुटवल मण्डपमा यो पहिलो प्रदर्शनी हुन लागेको हो । स्थायी संरचना निमार्ण भएपछि प्रदर्शनी थप ब्यवस्थित रुपमा हुन लागेको आयोजकले बताएका छन् । प्रदर्शनीको पूर्वसन्धामा बुधबार विभिन्न संघसंस्थाले सचेतना र्याली निकालेका थिए । प्रदर्शनीमा ४ सय ५० स्टलहरू सहभागी छन् । प्रदर्शनी पुस १९ गतेसम्म चल्नेछ ।

Leave A Reply

Your email address will not be published.