बुद्धभूमी । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको सार्वजानिक सु्नुवाईमा नागरिकहरुले गुणस्तरिय शिक्षा, स्वास्थ्य, कृषि, सडक निमार्ण तथा सडक अतिक्रमणका सवालमा नागरिकहरुले पालिकाको ध्यानाकर्षण गराएका छन् । पालिका भित्र रहेका सामुदायिक एंव सार्बजनिक बिद्यालयहरुले अंग्रेजी माध्यम, भर्ना तथा अन्य बिभिन्न शुल्कको बाहानामा अभिभावक संग सहयोग रकम उठाएकोमा पालिकाको ध्यानाकर्षण गराएका छन् । सार्वजनिक सु्नुवाईमा पालिका भित्र सडक अतिक्रम गरि निमार्ण सामाग्री राख्ने, सडकको दुवै तर्फ व्यवसाय गर्ने, पशु चौपायाहरु राख्ने कारण दुर्घटना बढेको, पालिकाले निमार्ण सामाग्रीको दररेट कम भएको, पालिका भित्रका बिभिन्न स्थानमा जोडिएका सिसि क्यामेराले काम नगरेको, चिस्यान केन्द्र् संचालनमा आउन नसकेको, हाट बजार व्यवस्थापन गर्नु पर्ने, पालिकाको बिभिन्न सडक निर्माण र सडक अतिक्रमण, खेलकुद मैदान, बिउ मल र सिचाईका लगायतका सवालहरु उठान भएका थिए ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आयोजना गरेका सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उठेका सवालहरुलाई सम्बोधन गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले राजमार्गको दुवै तर्फ सडक मिचेर व्यवसाय गर्ने, पशुचौपया राख्ने सडक अतिक्रमण हटाउने बताउनु भयो । उहाँले पालिकको भित्री सडकमा समेत पशु चौपया राख्ने, धान सुकाउने, घर निर्माणमा सामाग्री राखेर हिँडडुल गर्न असहज बनाएको हुँदा त्यस्ता काम हटाउन १५ दिने सूचना जारी भई सकेको बताउनु भयो ।
मेयर श्रेष्ठले पालिका भित्र विग्रिएका सिसिटिभी क्यामरा समेत मर्मतको चरणमा रहेको बताउनु भयो । उहाँले पालिकाले शिक्षा, सडक, कृषिको विकासको लागि थप योजना अगाडी बढाएको बताउनु भयो । बिद्यालयहरुले शुल्क उठाएको सवालमा सो को छानविन गर्न समिति गठन भई सकेको र त्यसले काम काम गरिरहेको बताउनु भयो । चिस्यान केन्द्र पालिका मातहत नभएकोले कसरी व्यवस्थापन गर्ने भन्ने सन्र्दभमा छलफल गरेर निणर्यमा पुग्ने बताउनुु भयो ।
सार्वजनिक सुनुवाईमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले नगरपालिकाले कार्यालय सञ्चालनमा उत्कृष्ठा काम गर्दै जनताको मन जित्न सफल भएको बताउनु भयो । पालिकाको कामलाई पारदर्शी, जवाफदेही र जनमुखि बनाउँदै लैजाने मा विश्वस्त रहन नगरवासीलाई आग्रह गर्नु भएको छ ।
सार्वजनिक सुनुवाईमा नगर उपप्रमुख मिरा चौधरी, उपसचिव लिल बहादुर राउत क्षेत्री, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्य, बुद्धभूमि २ का वडा अध्यक्ष सुरज प्रताप राणाको सहभागिता रहेको थियो । पालिकाले सँग प्रत्यक्ष गुनासा राख्न पाउँदा खुसि महसुस भएको स्थानीय युवा दिपेन्द्र कुमार सिंहले बताए ।