काठमाण्डाैँ । आइतबार कतारमा हुने फ्रान्स र अर्जेन्टिना बिचकाे फिफा विश्वकप फुटबल २०२२ काे फाइनल खेल पोल्यान्डका रेफ्री सिमन मार्सिनियाकले खेलाउने भएका छन् । उनी विश्वकपको फाइनल खेलाउने पहिलो पोलिस रेफ्री बन्नेछन् । दुवै असिस्टेन्ट रेफ्री पनि पोल्यान्डकै छन् । भार हेर्न जिम्मा पनि पोलिस रेफ्रीलाई नै दिइएको छ । ४४ वर्षीय मार्सिनियाकले समूहगत चरणमा फ्रान्स र डेनमार्क तथा प्रिक्वाटरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल खेलाएका थिए । ती दुई खेलमा अर्जेन्टिनाले विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्