काठमाण्डाै । कतारमा जारी फिफा विश्वकप फुटवल अन्तर्गत क्वाटरफाइनल खेलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य फर्नान्डो सान्तोष लाइ पोर्चुगल फुटबल महासङ्घले बर्खास्त गरेको छ ।
विश्व कपको अन्तिम–१६ र क्वाटरफाइनलका खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि प्रशिक्षक सान्तोषको आलोचना भएको थियो ।पहिलो पटक क्वाटरफाइनमा पुगेको मोरक्कोसँग पोर्चुगल १–० गोलले पराजित भएपछि बाहिरिएको थियो । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सान्तोषले सम्झौता गरेका थिए । तर सम्झौता अगाडि नै उनी बर्खास्त भएका हुन् ।