तौलिहवा । राहदानी (पासपोर्ट) अनलाइन फारम भर्दा मनलाग्दी रकम असुल्ने दुई जनालाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कारवाही गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तौहिलवाका अगाडी रहेका एक स्टेशनरी तथा एक कम्प्यूटर सेन्टरका संचालकले पासर्पोटको अनलाइन फारम भदाई मनलाग्दी रकम असुल गरेको जानकारी पाए पछि एक दिन भरी नियन्त्रण राखेर कागज गरेर छोडिएको हो । गत अाइतबार र मंगलबार गरेर दुइ जनालाइ नियन्त्रणमा लिएर छाडिएको प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।
पासपोर्ट अनलाईन फाराम भर्ने सेन्टरहरुले मनलाग्दी रकम असुलेको जानकारी आएसंगै प्रशासन कार्यालयले कडा नियमन गर्न थालिको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनु भयो ।
पासर्पोट बनाउनको लागि अनलाइनबाट आवेदन भर्नु पर्ने हुन्छ । कपिलवस्तु जिल्लामा अत्यावश्यक बाहेकका फारामहरु प्रशासन कर्याालयको अगाडी रहेका स्टेशनरी, फोटो स्टुडियो, कम्प्युटर सेन्टरहरूले भर्दै आएका छन् ।
सदरमुकाम तौलिहवा अनलाइनमा आवेदन भरे मनपरि रकम असुल्ने गरेको गुनासोको उजुरी परेको (प्रजिअ) मिश्रले बताउनु भयो । उहाँले भन्नु भयो ‘मन परि रुपमा रकम असुल्ने काम भएको गुनासो आएको छ, त्यसै गुनासोका आधारमा दुई जनालाई कारवाही पनि गरेका छौ । कसैले यो वा त्यो बाहानाम अतिरिक्त रकम लिएमा सिधै मलाई जानकारी गराउनु होला’ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु दैनिक ६० देखी ७० वटा पार्सपोट आवेदनहरु आउने गर्दछन् । एउटा पेजमा प्रिन्ट हुने, सामान्य रुपमा दुई मिनेटमा भर्न सकिने पासपोर्टको फाराम भर्न प्रशासन अगाडीका सेन्टरहरुले टोकन समयमा नखुल्ने लगायतका बाहाना सेवाग्राहीहरुलाई ठग्दै आएको गुनासो व्यापक बढेको छ ।
बढिमा २ सय रुपैया लिन मिल्ने पासपोर्टको फाराम भर्न अतिरिक्त रकम बुझाउन परेको सेवाग्राहीहरुले बताउने गर्दछन् । सेन्टरहरुले एक दिनमा आवेदन फारम भरेको ३ हजार, एक हप्तामा भरेको १ हजार ५ सय रुपैया लाग्ने भन्दै रकम माग गरेको सेवाग्राही कपिलवस्तु नगरपालिका वार्ड नं. ३ का सुमन घिमेरे बताउछन् ।
कम्प्यूटर, ल्यापटप चलाउन सक्ने आफ्नै कम्प्यूटरबाटै फारम भर्न सकिने भएता समयमा टोकन खुन्ले समयको जानकारी नहुंदा सेवाग्राही मनपरि रकम असुन्ले सेन्टरहरु बाटै आवेदन फाराम भर्न बाध्य छन् ।
अहिले पनि अत्यावश्यक परेकाहरुले भने सिधै जिल्ला प्रशासन कार्यालयको राहादानी फाँटबाटै नि:शुल्क आवेदन फारम भर्दै आएको र छिट्टै यो सेवा सबैका लागि सुचारु हुने (प्रजिअ) मिश्रले जानकारी दिनु भयो । ‘गुनासो व्यापक छ, धेरै जनाले बाहिर रकम असुलेको भन्नु हुन्न, अहिले अत्यावश्यक परेकाहरुको प्रशासनमै अनलाईन आवेदन फाराम भरेका छौ । केही दिन सबैका लागि हुन्छ, बाहिर भर्ने झन्झट हुदैन्, कर्मचारी व्यवस्थापन गर्दैछौ । जिल्ला प्रशासन कार्यालयले कार्यालयमै पार्सपोर्टको फाराम भर्ने व्यवस्था मिलाएमा सेवाग्राहीहरूलाइ सहज हुने विश्वास गरिएकाे छ।
