मोरक्कोले साविक विजेता फ्रान्सलाइ सेमिफाइनलमा राेक्ला त ?

70

काठमाडौं । २०१८ काे फिफा विश्वकपकाे विजेता फ्रान्स सगँ कतारमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा अफ्रिकी टोली मोरक्को बुधबार फाइनल प्रवेशकाे लागी भिडने भएकाे छ । सानदार प्रर्दशन गर्दै क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गर्दै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेर  महादेशीय कीर्तिमान बनाएको  हाे । नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुने खेलमा दुवै टोली ऐतिहासिक सफलता प्राप्त गर्ने प्रयासमा रहनेछन् ।  अगाडि बढेको मोरक्को हो । यस्तै फ्रान्सलाई उपाधि रक्षाको अभियान कायम राख्न यो खेल जित्नुपर्नेछ ।

विश्वकपमा अन्तिमपटक ब्राजिलले सन् १९६२ मा उपाधि रक्षा गरेको थियो । त्यसयता ब्राजिल लगातार तीन संस्करणमा फाइनल पुगेपनि उपाधि रक्षा गर्न सकेको थिएन । ब्राजिल सन् १९९४ देखि २००२ सम्म लगातार फाइनल पुगेको थियो । त्यसयता कुनैपनि साविक विजेता टोली फाइनल पुग्न सकेका छैनन् ।जारी विश्वकपमा फ्रान्सको अग्रपंक्ति सशक्त देखिएको छ । केलियन एमबाप्पेले ५ गोल र दुई असिस्ट गरेका छन् । ओलिभर जिरोडको नाममा ४ गोल रहेको छ । तर, जारी विश्वकपमा फ्रान्सले समूहगत चरणको अन्तिम खेलमा अफ्रिकी टोली ट्युनिसियासँग १-० गोलको हार व्यहोरेको थियो । फ्रान्सले प्रिक्वाटरफाइनलमा पोल्यान्डलाई ३-१ र क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २-१ गोलले हराएको थियो । यता अपराजित रहँदै नकआउट चरण पुगेको मोरक्कोले प्रिक्वाटरफाइनलमा पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा हराएको थियो भने क्वाटरफाइनलमा पोर्चुगलमाथि जित हात पारेको थियो । मोरक्कोले जारी विश्वकपमा केवल एक गोल व्यहोरेको छ भने ६ गोल गरेको छ । मोरक्कोले व्यहोरेको एकमात्र गोल पनि आत्मघाती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.