कपिलवस्तुको तौलिहवामा वजाजको मोटरसाईकलको तिन दिने एक्सचेन्ज अफर शुरु भएको छ । कपिलवस्तुका लागि वजाजको आधिकारिक बिक्रेता केदारनाथ मोटस पार्टसले तौलिहवा स्थित सोरुमको कार्यालयमा ३ दिने एक्सचेन्ज अफर शुरु गरेको हो । मंसिर २७ गते मंगलबारबाट शुरु भएको अफर मंसिर २९ गते बिहिबार सम्म रहने छ । तिन दिने अफरमा जुन सुकै ब्राण्डको पुरानो बाईक ल्याएर एक्सेन्ज अफरमा मुल्याङ्कन गरि रकम थपेर नयाँ बाईक लैजान मिल्ने जनाईएको छ । अफरमा कुनै पनि ब्राण्डको पुरानो बाईकको प्रचलित बजार भ्यालुयसन भन्दा ७ हजार थप गरेर मूल्याङ्कन गरिने र प्रत्यक नयाँ मोटरसाईकलको खरिदमा ७ हजार नगद छुट दिईएको बजाज सोरुम तौलिहवाका प्रमुख बिनोद पाठकले जानकारी दिए । एक्सचेन्जका लागि कुनै पनि ब्राण्डको पुरानो बाईक लिएर आउने ग्राहकलाई एक्सचेन्ज अफर अन्र्तगत वजाज कम्पनीका सम्पुर्ण २० वटा मोडलका बाईक मध्यको ग्राहकले रोजेको मोडल उपलब्ध गराईने उनले स्पष्ट पारे ।