काठमाण्डाैँ । २०७४ मा भएकाे राष्ट्रपति निर्वाचनमा हारने निश्चित हुँदा हुदै काँग्रेसले उम्मेदवार बनाएपनि प्रतिस्पर्धामा होमिएको र अहिले अवस्था फेरिएर जित्ने अवस्था भएकाले काँग्रेसले पुनः सम्झने उनको विश्वास छ । ०७४ सालमा दुई तिहाइ भन्दा बढी मतसहित भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । त्यसबेला भण्डारीले ३९ हजार २७५ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिस्पर्धी बनेकी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत ल्याएकी थिइन् । विद्यादेवीलाई एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार बनाएका थिए । नेपाली काँग्रेसबाट दोस्रो संविधानसभाकी सदस्य बनेकी कुमारी लक्ष्मीलाई नेपाली कांग्रेसले उम्मेदवारका रुपमा अघि सारेको थियो ।
२००६ साल वैशाख २१ गते भोजपुर छिनामुखुमा जन्मिएकी राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । देवानसिंह राई भने २०१५ सालमा भोजपुरबाट निर्वाचित सांसद बनेका थिए भने विपी कोइरालाले नेतृत्व गरेको सरकारका सहायक मन्त्री समेत बनेका थिए । देवानसिंहको पञ्चायतकालमा मोरङको बयरवनमा भएको झोडाकाण्डमा हत्या भएको थियो ।
उनै देवानसिंहकी छोरी लक्ष्मी राई भने २०३० सालदेखि काँग्रेसको सक्रिय राजनीतिमा लागेको भएपनि लामो समय राजनीतिमा गुमनाम जस्तै बनिन् । यद्यपि २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट सांसद निर्वाचित भएकी थिइन् । ०७४ को निर्वाचनपछि उनलाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाएको हो । लक्ष्मीका श्रीमान् देवेन्द्रकुमार राई हुन् भने उनीहरुका दुई छोरी र एक छोरा छन् । उनले काठमाडौंस्थित सेन्ट मेरिजबाट स्कुल शिक्षा सकेर त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छिन् ।वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति पराजित भएकी भोजपुरकी कुमारी लक्ष्मी राईले पार्टीले अबको राष्ट्रपति निर्वाचनमा पुनः सम्झने विश्वास व्यक्त गरेकी छिन् । उनलाई राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाएको थियो । ratopati