आफू अनुकूल कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैनः शेखर काेइराला

73

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएकोे बताएका छन् ।अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्न नमिल्ने उनको भनाइ छ । सरकारले ल्याउन लागेको अध्यादेशबारे उनले भने, ‘अध्यादेशमार्फत कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन ।’

सरकारको कदमले भोलिका दिनमा गलत नजिर बस्ने प्रष्ट्याए । सरकारको कदमका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आपत्ति जनाइसकेका छन् ।आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरी लगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.