अर्घाखाँचीमा पटुकीले आफनै श्रीमानको घाँटी थिंचेर हत्या

38
biddhut

सन्धिखर्क ।  अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।  तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।  मंसीर २४ गते साँझ बलबहादुर र लक्ष्मी बिच घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए । रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिंचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

dengu 3 1

प्रहरीका अनुसार लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्डाई मारेको बयान दिएकी छिन् । हत्या गरेपछी आफुलाई श्रीमानले कुटपिट गरेको भन्दै गाउँमा गुहार मागेकी थिईन् । सार्की दाम्पतीले झगडा हुनु पहिला रक्सी सेवन गरेका थिए ।लक्ष्मीलाई पक्राउ गरीएको र अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको डिएसपी रिजालले बताए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.