काठमाडौं । सनिगाड हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । उसले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।बझाङमा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रोले सर्वसाधारणहरुका लागि ६७ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।उक्त शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिक तथा सर्वसाधारणसमेतका लागि हो ।

सनिगाड हाइड्रो कम्पनीका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच साधारण शेयर निष्कासन गरिने सम्झौता गरिएको छ ।२ करोड २५ लाख रूपैयाँ रहेको सनिगाड हाइड्रोको विद्युत् उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ ।

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *