तौलिहवा । बाल बिबाहको बिरुद्धको निवन्ध प्रतियोगितामा तिलौराकोट माध्यमिक विद्यालय गोवरी प्रथम भएको छ ।
१६ दिने लैगिंक हिंसा बिरुद्धको अभियान एंव ७४ औ अन्तराष्ट्यि मानव अधिकार दिवसको अवसरमा आयोजित निवन्ध प्रतियोगितामा तिलौराकोट माध्यमिक विद्यालयकी कलिमुन निशा मुसलमानले प्रथम स्थान हासिल गरिन भने सगरमाथा ईग्लिस बोर्डिङ्ग स्कूल दोहोनी सरिता यादव दृतिय, सनसाईन आवासिय माध्यमिक बिद्यालयका सुधा चौधरीले तृतिय र धर्मभक्त माध्यमिक विद्यालय बभनीका साहिन बानु दर्जीले चौथो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने दृतिय, तृतिय र चौथो हुनेलाई सान्तवना पुरस्कार क्रमस नगद ५ हजार, ४ हजार ३ हजार र २ हजार पुरस्कार उपलब्ध गराईएको मधेश मानव अधिकार गृहका अध्यक्ष प्रेमचन्द्र जयसवालले बताए ।
जवाफदेहीता निगरानी समितिको आयोजना र बिभिन्न समाजिक संघसंस्थाहरुको सहयोगमा आयोजित प्रतियोगितामा कपिलवस्तु नगर क्षेत्रका १२ वटा विद्यालयहरुले सहभागिता जनाएको थिए ।
प्रतियोगिताको निणयक मण्डलका संयोजक कपिलवस्तु नगरपालिकाका शिक्षा अधिकृत युवराज भुसालले प्रतियोगिहरुको प्रस्तुत गरेको विषय वस्तु, उनीहरुको ज्ञान, तथ्याकं, प्रस्तुतीको हाउभाउ लगायतको आधारमा मुल्याकंन गरिएको बताए ।