मानव अधिकारको संरक्षणका लागि प्रतिवद्ध छौ : सरोकारवाला

82

तौलिहवा । न्याय सम्मान र मर्यादित रोजगार, हामी सबैको सरोकार ७४ औं अन्तरष्ट्रिय मानव अधिकार दिवस २०७९ बाल बिवाह विरुद्धको अधिकार बिषयक निम्बन्ध प्रतियोगिता तथा मानव अधिकार अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास राज्य मन्त्री रिना नेपालले लैंगिक हिंसाको न्यूनीकरण र मानव अधिकारको प्रत्याभूतिको लागि लुम्बिीनी प्रदेश सरकारले बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको बताउनु भयो । उहाँले कार्यक्रममा प्रस्तुत आधारपत्रमा जिल्लाको तथ्यांक हेर्दा बिभिन्न हिंसाका घटनाहरुमा बुद्धि भएको देख्दा दुख लागेको बताउँदै यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न स्थानियतहहरुले लैंगिक हिंसा निवारण कोषलाई सक्रिय रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
यस्तै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले कार्यक्रमको शुभकामना दिंदै मानव अधिकारको संरक्षणका लागि आफू प्रतिवद्ध भएको बताउनु भयो । उहाँले नगरमा हुने बिभिन्न हिंसात्मक घटनाहरुलाई न्यूनिकरण गर्न नगरपालिका योजनाबद्ध रुपमा लाग्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितीका पुर्व उपाध्यक्ष तारावती चोधरीले लैंगिक हिंसा न्युनिकरण गर्न शिक्षाको आवश्यकता भएको बताउनु भयो । समाजमा बसोवास गर्ने आम नागरिकको अधिकारको हक अधिकारको लागि सबै एकजुट हुनपर्नेमा जोड दिनु भयो ।
यसैगरी महाराजगंज नगरपालिकाका उप प्रमुख रिता कुमारी कुर्मीले मानव अधिकार कागजको पानामा लेखिन्छ तर कार्यान्वयन नभएको बताउनु भयो । उहाँले सानो उमेरमा बिवाह गर्न रोक लगाउने र दाईजो बिरुद्धको बिभिन्न अभियानहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । आज सम्म कागजमा लेखिएका हक अधिकारका कुराहरु कार्यान्वयन खासै भएको नदखिएको बताउनु भयो ।
यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले मानव अधिकारको संरक्षण गर्न आजको आवश्यकता भएको बताउनु भयो । १६ दिने अभियान दिवसमा मात्र होईन ३ सय ६५ दिन नै बिभिन्न अभियानहरु संचालन गर्नु बताउनु भयो ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले मानव अधिकार भन्ने शब्द नै आफैमा गहन भएको बताउनु भयो । मानव अधिकारको बिषयमा आगामी दिनमा गाउँ गाउँ सम्म पुगेर संचालन गरिनु पर्ने बताउँदै अधिकार संगै कर्तव्य पनि पुरा गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार रक्षक संजाल लुम्बिनी प्रदेश संयोजक रविन्द्रनाथ ठाकुरले मानव अधिकारको अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । भने इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले जिल्लाको लैगिंक हिंसाको अवस्था र मानव अधिकारको अवस्थाको बिषयमा आधारपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रको टिप्पणी संचारकर्मी बसन्त बञ्जाडेले गर्नु भएको थियो ।
कार्यक्रममा मानव अधिकारको क्षेत्रमा लामो समय सम्म यौनिक तथा लैंगिक अल्पसंख्यक, दलित, जनजाति, मधेशी, मुश्लिम, पिछडावर्गको अधिकारको क्षेत्रमा काम गर्नु भएका बरिष्ट मानव अधिकारकर्मी राम दयाल ठाकुर र मानव अधिकार रक्षक संजालका अध्यक्ष तथा इन्सेक संग आवद्ध मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मी रु. ५ हजार नगद, सम्मान पत्र र दोसल्लाहले सम्मानित हुनु भएको थियो ।
यसै गरि कपिलवस्तु नगरपालिका वार्ड २ मा स्वास्थ्य चौकी निमार्णका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता युवा सामाजिक अभियान्ता बृजेश भट्टरा र उनकी पत्नी खुश्बु उमरको जोडीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मेरो पालिकामा बाल विवाह हुन दिन्न, बाल विवाह भई रहेको थाहा पाएमा तत्कालै रोक्ने छु । बाल विवाह गर्नेलाई बहिष्कृत गर्नेछु । साथै बाल विवाह विरुद्ध आवाज उठाउने छु, पालिकाबाट दिइने सेवा सुविधावाट बञ्चित गर्नेछु भन्ने प्रतिवद्धता जाहेर गर्दै स्थानीय तहका प्रमुखहरुले हस्ताक्षर समेत गरेका छन् ।
जवाफदेही निगरानी समिती कपिलवस्तुको आयोजनामा कपिलवस्तुको सभाहलमा सम्पन्न कार्यक्रममा भिएसओ, मधेश मानव अधिकार गृह, ओरेक नेपाल, इन्सेक, साथी संस्था, नव जीवन, डिआरएससीसी, महिला मानव अधिकार रक्षक संजाल, दलित सामाजिक विकास केन्द्र लगाएतका संस्थाहरुको समन्वय तथा सहयोग रहेको थियो ।
कार्यक्रम जवाफदेहिता निगरानी समितिका अध्यक्ष माया ज्ञवालीको अध्यक्षता, स्वागत रविन्द्रनाथ ठाकुर र पुष्पा रेग्मी, जियाउल हक मनिहारको संचालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु नगरपालिकाका भित्र रहेका माध्यमिक तहका बिद्यार्थीहरु, मानव अधिकारकर्मी, पत्रकार, संघ संस्थाका प्रमुख एंव प्रतिनिधी, किशोरी संजाल, रुपान्तरण समूहका किशोरीहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.