तौलिहवामा वजाज डिस्करभर माईलेज च्याम्पियन कन्टेस्ट हुँदै

37
biddhut

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा मंसिर २६ गते वजाज डिस्करभर माईलेज च्याम्पियन कन्टेस्ट हुने भएको छ । तौलिहवा स्थित बुद्धपद्धम माविको खेल मैदानमा आईतबार बिहान ९ बजेदेखि माईलेज च्याम्पियन कन्टेस्ट हुने आयोजकले जनाएको छ । यसअघि गत भदौ १२ गते माईलेज च्याम्पियन कन्टेस्ट आयोजना गरिएको भए पनि बर्षाले अवरोध गर्दा अन्तिम समयमा कन्टेस्ट स्थगित भएको थियो । आयोजना गरिएको माईलेज च्याम्पियन कन्टेस्ट जित्ने ३ ग्राहकका लागि कम्पनीले आकर्षक पुरस्कारको व्यवस्था गरेको वजाजका क्षेत्रिय प्रमुख प्रकाश शर्माले जानकारी दिए । कन्टेस्टमा एकसय जना ग्राहकहरु बीच माईलेज च्याम्पियन प्रतिश्पर्धा गराउने योजना छ । बजाज डिस्कभर १ सय २५ सिसी बाईक अन्य प्रतिश्पर्धि बाईक भन्दा बढि माईलेज दिने जानकारी दिन माईलेज च्याम्पियन कन्टेस्ट आयोजना गर्न थालेको शर्माले प्रष्ट्याए ।

dengu 3 1

नेपालमा बजाज कम्पनीको उत्पादनको डिस्कभर १२५ सिसी बाईकको बिक्री सन् २००४ देखि सुरु भएको हो । पेट्रेलियमको मल्य वृद्धि बढने क्रम सँगै ग्राहकले बढी माईलेज र कम मेन्टिनेन्स खर्च आउने भएकाले डिस्कभर बाईक पहिलो रोजाई बनेको कन्टेस्टका आयोजक बताउँछन् । तराई भेगमा कम सिसी भएका मोटरसाईकल रुचाउनुका साथै कृषक, शिक्षक, साना ठुला व्यापारी, सरकारी, अर्घ सरकारी र गैरसरकारी संघ सस्थाका कर्मचारीले खोज्ने भएकाले बाईकको माग बढेको जनाईएको छ । सन् १९९८ मा हंसराज हुलास एण्ड कम्पनी प्रा.लि. ले भारतमा उत्पादित वजाज मोटरसाईकलको आधिकारीक बिक्री वितरण सुरु गरेको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.