ताैलिहवा । कपिलवस्तु जिल्लाकाे बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा गएराति ट्रकले स्कुटरलाई ठक्कर दिदाँ अर्घाखाँचीका १७ बर्षीय सम्राट खनालको मृत्यु भएको छ । ट्रककाे ठक्करबाट गम्भिर घाईते भएका खनाललाइ उपचारका लागी बुटवल लैजाने क्रममा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु २ ख ६५०१ नम्बरको ट्रककाे ठक्करबाट स्कुटर चालक मृतकका बुवा लक्ष्मण खनाल भने सामान्य घाईते भएका छन् । ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
