चरम यातनाको शिकारबाट पीडित प्रहरी हवल्दारकी श्रीमतिले गरिन आत्महत्या, आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न कपिलवस्तु प्रहरीको आनाकानी

40
biddhut

कपिलवस्तु २२-मंसिर, लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान चलीरहेकै बेला कपिलवस्तुमा प्रहरी बरिष्ठ हवल्दार नवराज भुसालको शारिरीक र मानसिक यातना सहन नसके पछि उनकी श्रीमति श्यामकलाले आत्महत्या गरेकी छिन ।
श्यामकलाले गत मंसिर २० गते साझ साढे ५ बजेतिर बुद्धभुमी नगरपालिका वडा नम्बर १ पत्थरकोट स्थित आफ्नै घरमा पासो लगाई आत्महत्या गरेकी हुन । मृतककी आमा बुद्धुभुमी नगरपालिका– ३ रनगाईकी माया बेल्बासेले कान्छी आमा सिताको उक्साहटमा ज्वाई नवराजले बारम्बार शारिरीक र मानसिक याताना दिने गरकोले आफनो छोरीले बाध्य भई आत्महत्या गरेको बताईन । घटनाको आधा घन्टा पहिले छोरीले आफुसंग भिडियो कल समेत गरेका बुवा रोमाकान्त बेल्बासले बताए । ‘छोरीले यस्तो गर्छिन जस्तो लागको थिएन तर श्रीमान र उनको परिवारको निरन्तरको यातनाले छोरी मर्न बाध्य भई’ उनले भने । पहिले पनि गत असार ९ गते श्यामकलाले आत्महत्याको प्रयास गरेकी थिईन । समय मै उद्धार गरी उपचार पछि उनको ज्यान जागिएको थियो । ‘ज्वाई र उनको परिवारले छोरीको ज्यान लिएरै छाडे’ मायाले भनिन ।
२०६७ साल असार ५ गते नवराज र श्यामकलाको बिवाह भएको थियो । २०७० सालमा छोरा जन्मिएको थियो । बिवाहको ५ बर्ष सम्म दुबै जनाको संबन्ध राम्रै थियो । तर ४ बर्ष यता भने नवराजको परस्त्रीसंगको सम्बन्ध बारे श्यामकलालले थाहा पाए पछि दुबै जनाको सम्बन्धमा फाटो आएको थियो । परस्त्रीसंगको फोन कल लगायतका कुरा थाहा पाए पछि श्याकला बिक्षिप्त बनिन । नवराजले आफनी श्रीमतीलाई वास्ता गर्न छाडे । ६÷६ महिना भन्दा बढी सयम देखि सम्पर्क बिहीन समेत भए । छोरा जन्मेको केही बर्ष पछि छोरीको पेटमा रहेको अर्को गर्भ समेत ज्वाई कै दबावमा फालिएको आमा मायाले बताईन । ‘परस्त्रीसंगको सम्बन्ध, निरन्तरको यातना र मानसिक तनावले गर्दा छोरीले अनाहकमा ज्यान गुमाउनु पर्यो’ मायाले आशु झार्दै भनिन ।

dengu 3 1
मृतक श्यामकला भुषाल
मृतक श्यामकला भुषाल

श्रीमानको यातना र बेवास्ताले गर्दा आफनी छोरी मानसिक रोगी भएको र बिगत २ बर्ष देखि डिप्रेशनको ओषधी समेत सेवन गर्दै आएको उनले बताईन । गत असार १ गते छोरीलाई निर्घात कुटपीट गरको थिए । त्यस बिषयमा घर र माईती पक्ष बिच अब देखि कुटपटि नगर्ने र एक आपसमा माया गर्ने भनी गाउँ समाज कै रोहोवरमा मिलापत्र भएको थियो । गत बैशाखमा नवराजका पिता सुर्य भुसालले कान्छी श्रीमितिका रुपमा सितालाई बिवाह गरे पछि यातानको क्रम झन बढेको मायाले बताईन । छोरीले आत्महत्या गर्न खाजेको र अझै सास चलेको भन्दै घटना बारे सुर्य भुसाले आफुलाई जानकारी गराएको रोमाकान्तले बताए । उपचारकालागि कपिलवस्तु लैजादा डाक्टरले मृत घोषणा गरेका थियो । घरको दोश्रो तल्लामा पासो लाई छोरीले आत्महत्या गरेको र ढोका फोरेर सुर्य भुसालले पासो काटेर झोरेको आफुलाईृ भनेको रोमाकान्तले बताए । तर अहिले फेरी सुर्यले प्रहरील ढोका फोरेर पासो काटी झारेको भन्ने गरेको उनले बताए । ‘सम्धी सुर्यले कुरै पिच्छे बोली फेरीरहेका छन’ उनले भने । आत्महत्याको दुरुत्साहन मुद्दामा मृतककी आमा मायाले नवराज र कान्छी आमा सिता बिरुद्ध किटानी जाहेरी दिएकी छिन । तर प्रहरीले जाहरी दर्ता गर्न आनाकानी गरेको उनले बताईन । उता ओरापी नवराजले बिगतमा आफुबाट केही कमी कमजोरी भएको हुन सक्ने भन्दै तर अहिले भने आफुले कुनै यातना नदिएको बताए । ‘बिगतमा हामी सबैले गरेका केही कमजारै र गल्तीहरु नगर्न भनी संझौता समेत गरेको थियौ’ उनले भने । श्रीमति श्यामकला आफुसंग बस्न खोजे पनि पढाई र डियुटीका कारण संगै लैजान नसकेको बताए । उनले आफुले ५ महिना पछि पढाई सकिए पछि लाने तयारी गरेको बताए । उनले आफनो घटनामा कुनै दोष नरहेको भन्दै कानुन अनुसारको सजाय भोग्न तयार रहको बताए । जोहरी दर्ता नभए सम्म शव नबुझने अडानका कारण अहिले सम्म मृतकको शव कपिलवस्तु अस्पतालमै छ । प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले माया बेल्बासेले नवराज बिरुद्ध किटानी जाहेरीकालागि आएको बताए । उनले दुबै पक्षसंग सरसल्लाह गरिएको बताए । घटना बारे बुझेर प्रकृया अघि बढाउने उनले बताए । नवराज रुपन्देहीको रुद्रपरको प्रतापपुरमा कार्यरत छन । उनको सरुवा काठमाण्डौ भएको छ । उनी रवाना लिई काठमाण्डौ जाने तयारी गरेका बेला घटना भएको हो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.