सडकपेटी अतिक्रमणमा कडाई गदै सन्धिखर्क नगरपालिका

38
biddhut

अर्घाखाँची । सडक तथा सडक पेटी अतिक्रमण गरी व्यापार गर्ने प्रचलन माैलाए पछि अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्कमा कडाइ गर्न सुरू गरेकाे छ । सडक ओगटेर व्यापार गर्दा सवारी दुर्घटना बढ्ने,बजारको सौन्दर्यता बिग्रने तथा सडक यात्रीलाइ हिडडुलमा समस्या आए पछि सन्धिखर्क नगरपालिकाले सडकको चोक तथा फुटपाथमा निर्माण सामग्री, तरकारी तथा फलफुल, किराना, फेन्सी सामग्री बिक्रि वितरणका लागि सडक ओगट्ने गरी सामनहरु राख्न निषेध गरेकाे छ ।

dengu 3 1

सडकको पेटी, सडक तथा चोकहरुमा सामग्रीहरु राखेको पाइएमा कानुन अनुसार कडा कारवाही गरी जरिवाना गर्ने सन्धिखर्क नगरपालिकामा  बसेको सर्व पक्षिय बैठकले निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । सडक अतिक्रमित गरी निर्माण सामग्री राखिएको पाइएमा तुरुन्त खाली गर्ने, मालवस्तु ल्याएका सवारी साधनहरुबाट बेलुका ५ बजे देखि बिहान ९ बजे सम्म मात्र सामग्री अनलोड गर्ने, सडकमा पानी फाल्ने कार्य निषेध गर्ने, ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रि गर्ने व्यवसायीहरुले आफ्नो व्यवसाय कक्षमा अनिवार्य रुपमा कम्तीमा २५ लिटर क्षमताको अग्नी नियन्त्रण साधन राख्नु पर्ने लगायतका निर्णय नगरपालिकाले गरेको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.