कञ्चनपुरको बेदकोटमा गाइ गाडिएकाे विषयमा प्रदर्शन चर्कियाे

77

धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा प्रदर्शन गरेका छन् ।छाडा चौपाया व्यवस्थापनको माग गर्दै महिलाहरु आन्दोलित भएका बेला मंगलबार बेदकोट–३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइएपछि बुधबार फेरि स्थानीय बासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेका छन् ।

मेयर भोजराज बोहरासहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयबासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेपछि अवस्था तनावग्रस्त बनेको थियो  ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले स्थानीय छाडा पशुचौपायासहित नगरपालिका कार्यालय घेराउ गरेको बताए । उनकाअनुसार जिल्ला प्रहरी कार्यालयबाट अवस्था नियन्त्रणका लागि टोली खटाइएको छ ।

Leave A Reply

Your email address will not be published.